Advertisement Advertisement

झापाको कमल गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका एक प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्।
फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा कमल गाउँपालिका- ५ को मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।
कुटपिटबाट बालिकाको खुट्टामा नीलडाम भएको छ। कुटपिटपछि अभिभावक बोलाएर कागज गरेर उनलाई विद्यालयबाट निकालिएको गुनासोसमेत गरिन्।