Advertisement Advertisement

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्त बजार र यातायात बन्द गराएका छन् ।मृतक साहका आफन्त र स्थानीय सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन् । उनीहरू बिहानैदेखि प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

मृतकका भान्जा विवेक साहले केहि माग तत्कालै पुरा गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी धमलाले बताएपछि सहमति नभएको बताए । उनले भने, ‘आज १२ बजेसम्मको समय प्रमुख जिल्ला अधिकारीले दिनुभएको छ ‌। हेरौँ के हुन्छ ।’गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । तर पीडित परिवारले राखेको ८ बुँदे माग पुरा हुनुपर्ने अडान राखेको छ ।

प्रहरीको गोलीले साहको मृत्यु भएपछि अवस्था अनियन्त्रित हुन नदिन शनिवार बिहान ८ बजेसम्म प्रशासनले कर्फ्यु लगाएको थियो । शनिवार बिहानदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा पनि सकेपछि पीडित परिवार आन्दोलित बनेका छन् ।