Advertisement Advertisement

राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्षाबाट आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । कम्तीमा ७२ जना बेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण त्यहाँका करिब ५ सय सहर डुबानमा परेका छन् र १ लाख १५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । निरन्तरको वर्षाले विपत्ति निम्त्याएपछि राज्य सरकारले आपत्‌काल घोषणा गरेको छ ।