Advertisement Advertisement

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बाट प्रहरीले ठूलो मात्रामा भन्सार छली गरी भित्र्याइएको औषधि बरामद गरेको छ ।भारतबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधिसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।प्रदेश नम्बर ३, ०१—००२ च ८९९६ नम्बरको कार चेक गर्ने क्रममा सर्जिकल सामग्री र औषधि बरामद गरेको हो । औषधिसहित पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–४ का विवेक पोख्रेल, र बागलुङ बडिगाड गाउँपालिका–५ का अभिषेक खरेल रहेका छन् । बरामद भएको औषधि,कार र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानपछि भन्सार कार्यालय पठाउने प्रहरीले जनाएको छ ।