दैलेखको त्रिभुवन माध्यामिक विद्यालयमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय प्रेम न्यौपाने पक्राउ परेका छन्।
अँग्रेजी विषयको परीक्षामा न्यौपानेले नियमित एसइई परीक्षार्थी सुनिल प्रसाद जैशीको सट्टामा परीक्षा दिएको पाइएपछि उनलाई पक्राउ गरिएको हो पक्राउ परेका न्यौपाने नायारण नगरपालिका-१ स्थित त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्र हुन्  ।