Advertisement Advertisement

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री  रेखा शर्माले भोलि कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि काठमाडौं आउँदैछन्।