Advertisement Advertisement

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई ७ विकेटले हराएको छ । आरसिबिले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेटायो ।

जित पछि मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौँ स्थानमा छ । आरसिबि ६ खेलमा २ अङ्क सहित नवौँ स्थानमा छ । आईपीएलमा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

लखनऊमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।