Advertisement Advertisement

सुनले तीन दिनयता दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । बिहीबार एकैदिन अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ रहेको सुन बिहीबार १ लाख २५ हजार पुगेको छ । विगत २१ दिनमा सुनको मूल्य ८ हजार ५ सय रुपैयाँ बढिसकेको छ। यसअघि फागुन ३ गते तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।