Advertisement
Advertisement

काठमाडौं महानगरपालिकाले मोबाइल एप डेभलपमेन्ट सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित, ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ अन्तर्गत मोबाइल गेम डेभलपमेन्ट तालिमको लागि आवेदन खुला गरिएको हो

यहाँ क्लिक गरेर तालिमका लागि आवेदन फाराम भर्न सकिनेछ । फारम खुलिसकेपछि त्यहाँ सोधिएका विवरण राख्नु पर्ने हुन्छ । फारम भर्दै जाँदा अन्तिममा ‘सफ्टवेयर डेभलपमेन्ट’ तालिम छान्नुपर्ने हुन्छ ।

त्यसपछि सफ्टवेयर डेभलपमेन्टका पनि विभिन्न क्षेत्रहरू उल्लेख गरेको अप्सन देखिन्छ । त्यसमा ‘गेम डेभलपमेन्ट’ अप्सन छान्नुपर्नेछ । यति विवरण राखिसकेपछि ‘सब्मिट’ (Submit) को बटन ट्याप गरी फारम बुझाउन सक्नुहुन्छ ।