Advertisement Advertisement

विराटनगरको रानीमा बिहीबार पनि झडप भएको छ ।

बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि झडप सुरु भएको थियो । त्यतिबेला प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो ।सोही विषयमा बिहीबार दिउँसो केही व्यक्तिले सभा गरेपछि  प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको विरोधमा सुरु भएको प्रदर्शन उग्र भएपछि प्रहरीसँग झडप भएको हो ।  झडपमा डीएसपी वेदप्रकाश जोशीसहित सात जना प्रहरी  सामान्य घाइते भएका छन ।