Advertisement Advertisement

म्याग्दी (दरबाङ), वैशाख ८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिमखोलास्थित घैराबारीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान ९ बजे निर्माणाधिन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर दुर्घटना हुँदा दाङ जिल्लाको बरैयाका ४० वर्षीय बीरबहादुर चौधरीको घटना स्थलमै मृत्यु भएको हो । 

घाइते हुनेहरुमा रुपन्देही जिल्ला देविनगरका अन्दाजी ४० वर्षीय चालक कमल श्रेष्ठ, नवपरासी जिल्ला त्रिवेणी गाउँपालिका–६, का अन्दाजी २० वर्षीय सहचालक राहुलसिंह ठकुरी र रामेछापका २७ वर्षीय भुवन कार्की रहनुभएको छ ।