Advertisement Advertisement

मोर्गन गिब्स–ह्वाइटले ८२ औं मिनेटमा गरेको गोलको मदतले नटिङघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएको छ । फरेस्टले प्रिमियर लिगमा युनाइटेडलाई हराएको यो २९ वर्षयता पहिलो पटक हो ।

यस हारसँगै सन् २०२३ मा युनाइटेडको खराव प्रदर्शनको क्रम कायम रह्यो । मार्कस रसफोर्डले खेल सकिन १२ मिनेट अगाडि गोल गरेपछि युनाइटेडले बरबरी निकाल्ने अपेक्षा थियो ।

फरेस्टले निकोलस डोमिनक्वेजको गोलले अग्रता लिएको थियो । यो जितपछि फरेस्ट २० अंकमा १५ औं स्थानमा उक्लिन सफल रह्यो । युनाइटेड भने ३१ अंकमा सातौंमा छ । शनिबारका अन्य खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो ।

यो जितपछि सिटी ४० अंकमा तेस्रो स्थानमा पुगेको छ । यस्तै एस्टन भिल्लाले बर्नलीलाई ३–२ ले हराएर दोस्रो स्थानमा रह्यो । अन्य खेलमा चेल्सीले लुटन टाउनलाई ३–२, क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई ३–१ र उल्भ्सले एभरटनलाई ३–० ले हरायो ।