सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेको छ ।राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको हो। सिंहदरबारअगाडिबाट माइतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।