रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (सोमबार) बिहान सिंहदरबारको मूलगेटअगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको हो ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग गर्दौ युद्धमा घाइते भएका नेपालीको निःशुल्क उपचार, राहतको मागसमेत गरेका थिए।