Advertisement Advertisement

वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो।

०७२ वैशाख १२ गते बिहान ११:५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको थियो। सबखत नेपाली जनताले कहिल्यै नभोगेको, नसोचेको क्षति भयो। धरहरा, बसन्तपुर ढल्यो। गाँउ, टोलदेखि अस्पतालसम्म चिच्याहट फैलियो। महाभूकम्पबाट करिब ८ हजार ८ सय जनाले ज्यान गुमाउँदा २२ हजार भन्दा बढि घाइते भए।