अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो ।

यस वर्ष पनि सर्वाधिक अर्बपति भएको देशमा अमेरिका नै पहिलो स्थानमा छ। अमेरिकामा अर्बपतिको संख्या ८ सय १३ छ। यसपछि सबैभन्दा धेरै अर्बपति चीनमा ४ सय ७३ जना छन्। अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ।

यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४ औं स्थानमा परेका छन्। नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ। गत वर्ष चौधरी १६ सय ४७औं स्थानमा थिए।