Advertisement Advertisement

काठमाडौँ विश्वकै बढी वायु प्रदूषित सहरमध्ये छैठौँ स्थानमा परेको छ । वल्ड ऐयर क्वालिटी (एक्यूआई) इन्डेक्सका अनुसार बुधबार काठमाडौँको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ ।

त्यस्तै, विश्वकै सबैभन्दा बढी वायु प्रदूषित सहरको पहिलो नम्बरमा भारतको दिल्ली परेको छ । बुधबार दिल्लीको एक्यूआई ३ सय ६५ मापन गरिएको छ । दोस्रो नम्बरमा परेको पाकिस्ताको कराचीको एक्यूआई २ सय ८१ मापन गरिएको छ ।त्यस्तै, तेस्रो स्थानमा रहेको बंगलादेशको ढाका र चौँथो स्थानमा रहेको भारतको कलकत्ताको एक्यूआई क्रमशः २ सय ५३ र २ सय १९ मापन गरिएको छ । यता पाचौँ स्थानको पाकिस्तानको लाहोरको एक्यूआई बुधबार १ सय ९२ मापन गरिएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको जानकारहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआईसम्मलाई सामान्य मानिए पनि त्यसभन्दा माथिको एक्यूआई मानव स्वास्थ्यका लागि हानिकारक हुने बताइएको छ ।