Advertisement Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा कोलकाता राजस्थानसँग दुई विकेटले पराजित भयो ।

शीर्ष स्थानमा रहेको राजस्थानको ७ खेलमा १२ अङ्क भएको छ । कोलकाता ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ ।

आईपीएल क्रिकेटमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।