आइपिएल क्रिकेट इतिहासमा सनराइजर्स हैदरावादले कीर्तिमानी योगफल बनाएको छ ।
आइपिएल २०२४ अन्तर्गत बुधबार मुम्बई इन्डियन्स विरुद्ध हैदरावादले ३ विकेटको क्षतिमा २७७ रन जोडेको हो।
यो स्कोर आइपिएल इतिहासकै सर्वाधिक स्कोर हो।
यसअघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले पुने वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा जोडेको २६३ रन आइपिएलको सर्वाधिक स्कोर थियो।