Advertisement Advertisement

कतिपय मुद्दाहरूमा उच्च अदालतले मुद्दा हेर्न आवश्यकता छैन भनेर नहेर्न पनि मिल्छ र मुद्दा त्यहीबाट टुङ्गिन्छ। तर यो मुद्दामा अदालतले झगडिया झिकाउन भनेपछि यो मुद्दा सुरु भएको छ। झगडिया झिकाउन भनेको अदालतले यो मुद्दा स्वीकार गर्यो भन्नु हो। योसँगै अब अदालतमा मुद्दाको ‘पुनरावलोकन’ को ढोका खुलेको छ।’

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ ।शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएको हो ।यो मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएपछि मुद्दा पुनरावलोकनको प्रक्रिया सुरु भएको छ ।मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ ।