Advertisement
Advertisement

आजकै दिन (अप्रिल ४) सन् १९७५ मा माइक्रोसफ्ट कम्पनीको स्थापना भएको थियो । टाइपराइटरको युगमा बालसखाद्वय बिल गेट्स र पाउल एलनले कम्प्युटर सफ्टवेयर बनाउने कम्पनी खोलेका हुन् । सुरुमा अमेरिकाको न्युमेक्सिकोमा रहेको कम्पनी चार वर्षपछि वासिङटन राज्य स्थानान्तरण गरिएको थियो ।

सन् १९८६ मा कम्पनीले सार्वजनिक सेयर जारी गरेर पब्लिक कम्पनी बन्यो । त्यसको एक वर्षमै ३१ वर्षीय बिल गेट्स विश्वकै कान्छो अर्बपति बन्न सफल भए । माइक्रोसफ्ट पछि गएर विश्वकै ठूलो प्रविधि कम्पनी बन्न सफल भयो ।

फोर्ब्स् म्यागजिनले हालै सार्वजनिक गरेको सूचीअनुसार माइक्रोसफ्ट विश्वका सबैभन्दा मूल्यवान् कम्पनीहरूमध्ये पहिलो नम्बर छ । कम्पनीको बजार मूल्य ३० खर्ब १० अर्ब अमेरिकी डलरभन्दा बढी छ । त्यस्तै कम्पनीका संस्थापकमध्येका एक गेट्स विश्वका अर्बपतिहरूको सूचीमा सातौं नम्बरमा छन् ।