Advertisement Advertisement

चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका-६, शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।

कुमाल आफ्नै घरमा खाना खाने क्रममा घाँटिमा खाना अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राति पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।