Advertisement Advertisement

सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको  बा ४ ख ५६१६नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको हो‘ दुलहासहित ३२ जना घाइते छन्। गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ। दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ,

मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष हुन भने  मृतक तीनै जनाको सनाखत भएको छैन ।