साताको कारोबारको पाँचौँ दिन बिहीबार फेरि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो । आज १००० रुपैयाँले बढेर एक लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १००० रुपैयाँले बढेर प्रतितोला एक लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।