सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ३६ हजार २ रुपैयाँ पुगेको हो । यो नै हालसम्मको उच्च मूल्य हो । यसअघि आइतवार  मूल्य एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।