सुन सोमबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रुपैयाँ बढी हो भने हालसम्मकै उच्च पनि हो ।