Advertisement Advertisement

ललितपुर जिल्ला अदालतले सोमबार एक सेवाग्राहीलाई अदालतको गेटबाहिर पाइन्ट फुकाल्न लगाएको छ। अंश मुद्दाका लागि अदालत पुगेका धरानका अनिश श्रेष्ठले भित्र ट्राउजर र बाहिर थोरै ग्रन्च भएको जिन्स पाइन्ट लगाएका थिए।अदालतको गेटमा खटिएका सुरक्षाकर्मीले च्यातिएको पाइन्ट लगाएर भित्र जान नपाइने भन्दै उनलाई रोके।

सुरक्षाकर्मीले अनिशलाई रोकेपछि उनका वकिल अधिवक्ता दिनेशराज सत्यालले भित्र गएर स्रेस्तेदार दुर्गाप्रसाद भट्टराई समक्ष गुनासो सुनाए।आफ्ना सेवाग्राहीलाई ग्रन्च पाइन्ट लगाएका कारण प्रहरीले रोकेकोले भित्र आउन अनुमति दिन आग्रह गरे।तर भट्टराईले उनको आग्रह सुनेनन्। उल्टै कपडा फेरेर आउन भने।

‘… उनले(भट्टराईले) घर गएर कपडा चेन्ज गरेर आउन सल्लाह दिए। मैले भनेँ, ‘श्रीमान घर धरान हो, घर गएर अर्को कपडा लगाएर आउन त सम्भव नै छैन,’ सत्यालले फेसबुकमा लेखेका छन्, ‘उनले अपमान गर्दै भने- ‘तपाईं नेपाली पोशाक यति राम्रो लगाएर आउनु भएको छ। उहाँले चै मर्यादित पोशाक लगाउनु पर्दैन? कपडा छैन भने के गर्ने। एकजोर मात्र लुगामा धरानदेखि काठमाडौं कोही आउँदैन।’स्रेस्तेदार भट्टराईको यो जवाफ अपमानजनक रहेको वकिल सत्यालले बताएका छन्।त्यसपछि सत्यालले अनिशलाई नयाँ पाइन्ट किन्नु भनेको उल्लेख गरेका छन्।