Advertisement Advertisement

नेपाल टेलिकमले राखेको सोलार ब्याट्रीमा समस्या जुम्लाका नागरिक गुणस्तरीय नेटवर्कबाट वञ्चित भएका छन् । टेलिकमको टावर सञ्चालनका लागि राखिएको ब्याट्री बिग्रिँदा जिल्लाका सिञ्जा, हिमा र कनकासुन्दरी गाउँपालिकाकाका स्थानीय महिनौंदेखि गुणस्तरीय नेटवर्कबाट वञ्चित हुनुपरेको हो । 

टेकपानासँग कुरा गर्दै सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकामा रहेको टावर सञ्चालनका राखिएका ब्याट्री बिग्रिँदा १० महिनादेखि स्थानीयले नेटवर्क नआउने समस्या सामना गर्नुपरेको बताए ।“हामीले कैयौं पटक मन्त्रालय, टेलिकम र विद्युत प्राधिकरणलाई भन्यौं, तर खै कहिल्यै कसैले चासो नै दिनु भएन,” धितालले भने, “टावरमा पावर दिन सोलार राखिएको छ । घाम नलाग्दा दिन रात नेटवर्क आउँदैन । घाम लाग्यो भने पनि दिनमा मात्र नेटवर्क आउँछ, रातमा आउँदैन ।”सोलारबाट सञ्चालित ब्याट्री बिग्रिँदा त्यस्तो समस्याको सामना गर्नुपरेको उनले सुनाए ।