Advertisement Advertisement

आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किरात राजा यलम्बरको तस्बिर राखेका धरानका मेयर हर्क साम्पाङलाई काठमाडौँका मेयर बालेन शाहले दिएको आकाश भैरवको साङ्केतिक अर्थ निकै रोचक देखिन्छ। आकाश भैरव (नेवारी: आजु) भैरवको विभिन्न रूप मध्ये एक रूप मानिन्छ।  यो मन्दिर करिब ३१००–३५०० वर्ष पहिले नेपालको प्रथम किराँती राजा यलम्बरको दरबार भएको मान्यता छ।

यस्तोमा नेवार बाहुल्यता भएको महानगरका मेयर बालेनले किराँत बाहुल्यता रहेको धरानका मेयर हर्कलाई दिएको प्रतिमाले ‘ऐतिहासिक मित्रता’को सङ्केत दिएको छ। किराँतीको सहर धरानलाई आकाश भैरवको प्रतिमा दिएर नेवार बाहुल्यता भएको काठमाडौँका मेयर बालेनले सामाजिक सद्भावसँगै राजनीतिक सम्बन्धको बिस्तार गर्न सक्षम भएका छन्। ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा  शुक्रवार धरान पुगेका  मेयर शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाइ आकाश भैरवको प्रतिमा दिएका थिए।

‘किराँतको पहिलो राजा यलम्बर भनेर चिनिने आकाश भैरव हाम्रो भगवान् हुन्,’ कार्यक्रममा प्रतिमा हस्तान्तरण गर्दै शाहले भनेका थिए, ‘धरानलाई यो प्रतिमा दिन पाउँदा खुसी लागेको छ।’ उनले ललितपुरको नाम पनि ‘यल’ रहेको भन्दै नेवारी सभ्यतामा यलम्बरसँगको सम्बन्ध प्रस्टाएका थिए। 

काठमाडौँ नेवार समुदायले  भगवान् भनेर मान्ने ‘आकाश भैरव’लाई नेपालका प्रथम किराँती राजा यलम्बर मानिन्छ। किराँतीको सहर धरानलाई आकाश भैरवको प्रतिमा दिएर  नेवार बाहुल्यता भएको काठमाडौँका मेयर बालेन्द्रले सामाजिक सद्भावसँगै राजनीतिक सम्बन्धको बिस्तार गर्न सक्षम भएका छन्। 

धरानका मेयर हर्क साम्पाङले काठमाडौँका महानगरपालिकाका मेयर बालेन शाहले दिएको आकाश भैरवको प्रतिमा सोमबार सामाजिक सञ्जालमा सार्वजनिक  गरेका छन्। ‘मलाई र धरानलाई कोही दुष्टको आँखी डाही नलागोस्! भूत प्रेत र सेसन्तरले दुःख नदेओस् भनेर धरान उत्सवको अवसरमा मेरो मित्र बालेन ज्युले दिनु भएको आकाश भैरवको आकृति यस्तो छ है!’ उनले आकाश भैरवको प्रतिमा सार्वजनिक गर्दै लेखेका छन्।

स्वतन्त्र मेयर साम्पाङलाई  दलबाट जितेका पदाधिकारीहरूले असहयोग गर्दै आएका छन् । श्रमदानबाट निर्माणको नयाँ अभियान थालनी गरेका साम्पाङको कार्यशैलीको सर्वसाधारणले तारिफ गरे पनि दलहरूले भने आलोचना गरिरहेका छन्। दलहरूको आलोचना खेपिरहेका हर्क राजधानीका स्वतन्त्र मेयर बालेन शाहले भने खुलेर तारिफ गरेका थिए।  ‘धरानबाट काठमाडौँले पनि धेरै कुरा सिक्नु पर्छ,’ कार्यक्रममा बालेन शाहले भनेका थिए, ‘श्रमदानको संस्कार र प्राकृतिक श्रोत साधनको रक्षा गर्ने धराने तरिका तारिफ योग्य छ।’ उनले धरानले कसैको आशा नगरेर विकासको बाटोमा आफै लम्केको समेत सुनाए।  

‘यो मित्रता मा कसैको कालो नजर नलागोस्।  दुवै मेयर ज्यु, देशको दरो खम्बा हामी नेपालीको भविष्य हुनु हुन्छ।’, सामाजिक सञ्जालमा चन्द्रकला राई लेख्छिन्, ‘यही खम्बाको जगमा नयाँ नेपाल निर्माण हुने विश्वास लिएका छौ।’  

यस्तोमा मेयर साम्पाङले पनि राजधानीको मेयरको तारिफ गर्न चुकेनन्। राजधानीमा आएर मेयर शाहलाई भादगाउँले टोपी लगाइदिएका साम्पाङले सार्वजनिक मञ्चमा समेत मेयर शाहका कार्यशैलीको तारिफ गरे।सुरुवाती दिनमा सामाजिक सञ्जालमा एक अर्काको आलोचनामा रहने यी दुई मेयरको पछिल्लो मित्रताले धेरै खुसी समेत भएका छन्। ‘यो मित्रता मा कसैको कालो नजर नलागोस् दुवै मेयर ज्यु। देशको दरो खम्बा हामी नेपाली हरूको भविष्य हुनु हुन्छ।’, सामाजिक सञ्जालमा चन्द्रकला राई लेख्छिन्, ‘यही खम्बाको जगमा नयाँ नेपाल निर्माण हुने विश्वास लिएका छौ ।’ 

आकाश भैरव को हुन् ?

आकाश भैरव ( नेवारी: आजु) भैरवको विभिन्न रूप मध्ये एक रूप हो।आकाश भैरवको मन्दिर करिब ३१००–३५०० वर्ष पहिले नेपालको प्रथम किराँती राजा यलम्बरको दरबार भएको मानिन्छ।आकाश भैरवको घेरालाई नेपालको नेको प्रतीकका रूपमा येन भनिन्छ। ने भनेको किराँती भाषामा “मध्यभुमी“ हो। आकाश भैरवको शिर सयौँ वर्षअघि काठमाडौँमा खन्दा भेटिएको मान्यता छ । यसलाई वर्षको एक पटक इन्द्रजात्रा पर्वको अवसरमा निकालिन्छ र नजिकैको कुमारी चोकमा बस्ने जीवित देवी कुमारीले आशीर्वाद दिन्छिन्। पूजाको समयमा यस मन्दिरको दर्शन गर्न ठुलो सङ्ख्यामा भक्तजन