Advertisement Advertisement

नक्कली परीक्षार्थी बनेर अरुको परिक्षा दिने एक जना पक्राउ परेका छन् । जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको आरोपमा उनी पक्राउ परेका हुन् । घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर शाहीले परीक्षा हलमा प्रवेश गरेपछि उनलाई पक्राउ गरिएको हो । उनले अरुको परिक्षा दिएको विषयमा उनकै साथीले सुराकी दिएको बुझिएको छ ।  एक दिन परिक्षा दिएको उनले १० हजार रुपैयाँ लिएको सुराकी प्रहरीलाई उनका साथीले दिएका थिए ।