नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् ।
खाम मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ परेका हुन् ।
व्यक्ति हत्याको अभियोग लागेका उनी १५ वर्षदेखि फरार सूचीमा रहेका थिए । उनीमाथि काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप रहेको छ ।