Advertisement Advertisement

लमजुङमा बसोबास गर्दे आएका कृषकहरु मध्ये ९८ प्रतिशत कृषककहरु सरकारी अनुदानबाट वञ्चित भएको पाइएको छ । सातौँ कृषि जनगणनाका तथ्याङका अनुसार कृषकहरुको हितका लागि सरकारले वितरण गर्ने अनुदानबाट कृषक वञ्चित भएको हो ।

जिल्लाका ३१ हजार नौ सय १२ कृषक परिवार मध्ये आठ प्रतिशत कृषकहरु मात्रै कृषि अनुदानमा रहेका छन् भने ९८ प्रतिशत कृषकहरु सरकारी अनुदानबाट वञ्चित रहेको सातौँ राष्ट्रिय कृषि गणनाको तथ्याङ्कले देखाएको छ ।