Advertisement Advertisement

चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ।
गत सोमबार होली खेलेपछि चिसापानीस्थित कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए। तीमध्ये ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।
उनको शव बिहीबार टीकापुर सन्कट्टी घाटमा फेला पारेको हो।
उनको खोजीका लागि मंगलबारबाट सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो।