Advertisement Advertisement

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ।
बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरतर्फ गइरहेको बस बिहीबार दुर्घटनामा परेको हो।
बस बारमा ठोकिएर पुलबाट झन्डै ५० मिटर तल खसेको थियो त्यसपछि बसमा आगो लागेको थियो ।
उक्त दुर्घटनामा एक आठ वर्षीया बालिका जीवित भेटिएकी छन्। गम्भीर घाइते उनको अहिले अस्पतालमा उपचार भइरहेको छ।