Advertisement Advertisement

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई ८ विकेटले पराजित गरेको छ । लखनउले दिएको एकसय ६२ रनको लक्ष्य कोलकाताले १५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि लखनउले निर्धारित ओभरमा ७ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । पाँच खेलमा चार खेल जितेको कोलकत्ता अङ्क तालिकाको दोस्रो स्थानमा छ । ६ खेलमा तीन खेल जितेको लखनउ पाँचौँ नम्बरमा छ ।
आईपीएलमा आज बेलुका पौने आठ बजे रोयल च्यालेन्जर्स बैंङलुरु र सनराइजर्स हैदरावाद खेल्दैछन् ।