Advertisement Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात पारेको छ।
गयराति मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पाँच पटकको विजेता मुम्बईले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १२५ रन बनायो।
१२६ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थाले निर्धारित ओभरमा २७ बल बाँकी छदै ४ विकेट गुमाएर जित हासिल गर्यो।