Advertisement Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपरकिंग्सलाई २० रनले हराएको छ । दुई खेलमा लगातार हार ब्यहोरेको दिल्लीको यो पहिलो जित हो । गएराति भएको खेलमा दिल्लीले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।