Advertisement Advertisement

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले गुजरात टाईटन्सलाई हराएको छ ।
अहमदाबादमा हिजो भएको खेलमा पञ्जाबले गुजरातलाई १ बल बाँकी छँदै ३ विकेटले हराएको हो ।
गुजरातले दिएको २ सय रनको लक्ष्य पञ्जाबले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो ।
आईपिएलमा आज सनराईजर्स हैदराबाद र चेन्नई सुपर किङ्स खेल्दैछन् ।
खेल हैदरावादमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुने छ ।