Advertisement Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ ।

जितसँगै लखनउको ८ खेलमा १० अङ्क भएको छ । लखनउ तालिकाको चौथो स्थानमा छ । समान खेलमा ८ अङ्कका साथ चेन्नई पाँचौँ स्थानमा छ ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजराज टाइटन्स खेल्दैछन् । यो खेल वेलुका पौने ८ बजे दिल्लीमा शुरु हुनेछ ।