Advertisement Advertisement

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको छ । गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनायो । आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाईटन्स खेल्दैछन् । जयपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।